प्रेमी भेट्न हिडेकी युवतीको सिसौघारीमा सामूहिक बलात्कार, संलग्न युवाले नै गरे इन्टरनेटमार्फत घटना सार्वजनिक
कपिलवस्तु । पाँच जना युवकले एक युवतीलाई सामुहिक बलात्कार गरेको खुलेको छ।
गत माघ २६ गते तौलिहवा लुम्बिनी सडक अन्तर्गत पकडी गाविसको पकडी बजार नजिक सिसौघारीमा १७ बर्षीया भारतीय युवती बलात्कारको सिकार भएकी हुन्।
फागुन ३ गते विवाहका लागि ती युवतीको तिलक तय थियो। त्यसैले परिवारले बलात्कारजस्तो जघन्य अपराध लुकाएको पाइएको छ। घटना सार्वजनिक भएमा विवाह प्रभावित हुने डरले लुकाएको पारिवारिक स्रोतले जनाएको छ।
तर, बलात्कारमा संलग्न युवाहरुले नै इन्टरनेटमार्फत घटना सार्वजनिक गरेपछि बाहिर आएको हो। फुपूको घर बिमिहाबाट फर्कीरहेकी युवती २६ गते दिउँसो सामुहिक बलात्कारमा परेकी हुन्।
युवतीको गाउँकै एक युवासँग प्रेम रहेको स्थानियको भनाइ छ। युवाले नै भेट्नको लागि त्यहाँ पुर्याएको उनीहरुले बताए। त्रासका कारण घटनाबारे यूवतीले कसैलाई भनेकी थिइनन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
भिडियो हेर्नुहोस ।